८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?

५ माघ, काठमाडाैँ। यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश यरी कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १२:०५