९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

लाभांश प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

५ माघ, काठमाडाैँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सकाे सातौँ वार्षिक साधारण सभा माघ २९ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा  बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : January 19, 2024 at 11:02 am