८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्ब ५ अर्ब निक्षेप

४ माघ, काठमाडाैँ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब नाघेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको हाे ।

जसमा वाणिज्य बैंकहरुको  मात्रै ५४ अर्ब ७ अर्ब रुपैयाँ रहेकाे छ भने बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको रहेकाे छ ।

पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। उक्त अवधिसम्ममा बैंकहरुको औसत सिडि रेसियो ८०.१४ प्रतिशत रहेको राष्ट्र बैंककाे तथ्यांकमा उल्लेख छ ।

पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप ८९ अर्ब रुपैयाँले बढेको छ। मंसिर अन्तिमसम्ममा बैंकहरुले कुल ४९ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। पुसमा कर्जा लगानी ६२ अर्ब रुपैयाँले बढेको हाे । पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १३:५०