आज पनि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक
४ माघ, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आज पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन उपकरणको आगामी माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने पनि राष्ट्र बैंकले बताएको छ। यसअघि बुधबार पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन गरेको थियो ।
प्रकाशित मिति : January 18, 2024 at 1:05 pm









