८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

३ माघ, काठमाडाैँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) बुधबारदेखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।

 इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि माघ ११ गतेसम्म थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०९:५०