८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, सूर्यबहादुर तामाङलाई निमित्तको जिम्मेवारी

२ माघ, काठमाडाैँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाले पुस २९ गते राजीनामा दिएको बैंकले जनाएको छ । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको छ । साथै, सोही बैठकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव महाप्रबन्धक सूर्य बहादुर तामाङलाई बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १३:५५