एनएलजी इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
२९ पुस, काठमाडाैँ । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को को लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नियामक बिमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ
प्रकाशित मिति : २९ पुष २०८०, आईतवार ११:४०