सिबिफिनका अध्यक्ष पवन गोल्यानले दिए राजीनामा, उपेन्द्र पौडेल भए सर्वसम्मत अध्यक्ष
२६ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
एनएमबि बैंकको साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुने भन्दै सिबिफनबाट पनि राजीनामा दिएको जनाएका छन् । उनी सिबिफिनका संस्थापक अध्यक्ष समेत हुन् ।
निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेल सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अध्यक्षमा पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।
सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेका छन् । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १७:२६










