८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांस, बोनस र नगद कति ?

२५ पुस, काठमाडाैं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीकाे पुस २४ गते बसेकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांस घोषणा गरेको हाे ।

कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०९:०८