नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा, यस्ताे छ न्यूनतम मूल्य
२४ पुस, काठमाडाैँ। विशाल गुप्र लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर लिलामीमा राखेकाे छ । कम्पनीले संस्थापक समूहतर्फको १५ लाख कित्ता सेयर आज(पुस २४ गते) देखि लिलामीमा राखेकाे हाे ।
बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले साे सेयर खरिदका लागि न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे समय अवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर प्रचलित कानुन बमोजिम बिक्री गरिन कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०९:५६