८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बीमा कम्पनीले सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने

२३ पुस, काठमाडाैं। बीमा कम्पनीले कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने भएको छ ।  नेपाल बीमा प्राधिकरणको नयाँ व्यवस्थाबमोजिम ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको हो ।

यस्तै जीवन र निर्जीवन बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा समेत लगानी पाउने भएका छन् ।प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १५:३५