२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर लिलामीमा, यस्तो छ मूल्य

११ पुस, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको संस्थागत समूहको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ राखिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ। कम्पनीको सेयरमा विद्यमान संस्थापकहरु, जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले सेयर खरिद गर्दा  न्यूनतम १०,००० कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्याका लागि एनआईसी एशिया क्यापिटल बबरमहलमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित मिति : December 27, 2023 at 10:53 am