७ विकास बैंकले घोषणा गरे लाभांश, दुईका सेयरधनी निराश
९ पुस, काठमाडाैं। विकास बैंकहरुले गत आर्थिक वर्षकाे मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ। बैंकहरूले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । भने दुई बैंकले लाभांश नदिने घोषणा गरेका छन् ।
ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यसैगरी, मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.५१३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। मितेरी डेभलपमेन्ट विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लुम्बिनी विकास बैंकलेले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले भने ६.४ पतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ । साथै, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतशित बोनस सेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ । भने मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । यी बैंककाे सेयर खरिद गर्ने लगानीकर्ताले अझ पनि बैंकहरूले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १३:३८