१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

करेन्ट लगाएर माछा मार्न खोज्दा सुनसरीका सन्जय सरदारको मृत्यु

२८ असाेज, विराटनगर । करेन्ट लगाएर माछा मार्न खोज्दा सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ।

घरबाट तार टाँगेर बुढीखोलामा जडान गर्न खोज्दा स्थानीय सरदार टोल बस्ने १८ वर्षीय सन्जय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ।

मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 14, 2018 at 6:46 pm