नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने
५ पुस, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमित पाएको हो । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कुल कित्तामध्ये कम्पनीले १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । आगामी १० वर्षको लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ‘ एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १७:५३












