५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

आधा पनि सुन्न नसकिने सोडारीको एउटा फोन संवादले मन्त्री पद गुम्याे

२८ कात्तिक, काठमाडौं । माधव नेपाल समूहमा रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाट समेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । साेडारीकाे अाधा पनि सुन्न नसकिने फाेन संवादका कारण मन्त्री पद गुमेकाे हाे । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताएका छन् । प्रदेश इञ्चार्ज भीम रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग प्रधानमन्त्री ओलीले सोडारीका बारेमा छलफल गरेका थिए ।

स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बालुवाटारमा सोडारीको एउटा फोन संवाद सुनाइएको थियो ।   आधा पनि सुन्न नसकिने साेडारीकाे फाेन संवाद अब भयो भनेर उठेकाे प्रदेश कमिटीका एक पदाधिकारीले बताएका छन् । उनले भने ‘बाध्य भएर कारवाही गरिएको हो । सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमाले र हाल नेकपाको प्रमुख छन् । माधव नेपाल समूहभित्र पनि उनी घनश्याम भुसाल र योगेश भट्टराई निकट मानिएका साेडारी एग्रेसिभ स्वभावका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १३:१०