१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पाँचथरमा राप्रपाका जगत थापा मगरसहित विभिन्न पार्टी पाँच सय बढी एमाले प्रवेश

३० मंसिर, फिदिम । पाँचथरमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भणडारीका अनुसार ५ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित नेकपा एमालेमा ५ सय बढी  प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयाे ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १७:१९