१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साना किसान विकास लघुवित्तको लाभांश संशोधन, अब बोनस सेयर कति ?

२८ मंसिर, काठमाडाैं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीका लागि प्रस्तावित लाभांशलाई संशोधन गरेको हाे ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताएको छ ।कम्पनीले यसअघि गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार ११:२२