८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना बीमा दाबी भुक्तानी हुन्छः अर्थमन्त्री महत

२७ मंसिर, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुन: अनुसन्धान गरेर ल्याउन भनिएको बताए ।

कोरोना बीमाको केही दाबी झुटा भएकाे जनाउँदै अनुसन्धान गरेर ल्याउन भनेकाे उनले बताए ।  वास्तविक विरण आएपछि बीमाको भुक्तानी हुने महतले बताए । अर्थमन्त्रालयबाट दाबी भुक्तानी बापतको रकम निकासा नभएपछि २०७८ सालबाट कोरोना बीमा बापतको रकम भुक्तानी रोकिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १५:३४