सानिमा रिलायन्सले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने
२४ मंसिर, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ। मंसिर २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले साबिकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८।०७९को संचित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : December 10, 2023 at 12:40 pm









