राष्ट्रपति भण्डारीले यसरी गरिन् कमलपोखरीमा छठपूजा (फोटोफिचर)
२७ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौँकाे कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन् ।
राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकन समेत गरेकी थिइन् । कमलपोखरीसहित गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरु बनाइएको छ ।





प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १८:२८












