मौद्रिक नीति समीक्षाः सेयर धितो कर्जाको जोखिमभार घट्यो
२२ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको केन्द्रीय बैंकको बोर्ड बैठकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित गरेलगत्तै केन्द्रीय बैंकले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । “बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ ।” राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ। यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।
५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।
प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ११:०७