नेको इन्स्योरेन्सले सेयरधनीलाई बनायो निराश, यस वर्ष लाभांश वितरण नगर्ने
१९ मंसिर, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। उक्त निर्णय अनुसार नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र स्वीकृत भएर आएपछि अनुमोदनको लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ११:२०