१० वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको सेयर खरिद गर्दा पाइन्छ बोनस ?
१२ मंसिर, काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्ने सेयरधनीहरूले यो वर्षका लागि लाभांश पाउने छैनन् ।
बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेष्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् । त्यस्तै ग्लोबल आईएमई बैंकले आज बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्ने सेयरधनीहरू यो बैंकले वितरण गर्ने लाभांश पाउने छन् ।
लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्ने लगानीकर्ताहरु अहिले पनि यी बैंकले घोषणा गरेको लाभांश पाउन सक्नेछन् ।
माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेको छ भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् । भने केही बैंकको बाँकी रहेको छ ।
कुन बैंकको कति छ लाभांश ?
बैंक बोनस सेयर नगद लाभांश
एनआईसी एसिया २९ १.५२
माछापुच्छ्रे १३.३ ०.७
एभरेष्ट १० १०.५३
सानिमा ९ ५.७
सिटिजन्स ० ५.७९
सिद्धार्थ ० ४.२१
स्टान्डर्ड चार्टर्ड ० १९
नबिल बैंक ० ११
ग्लोबल आईएमई १ ८
नेपाल एसबीआई ३.७५ ६.८
प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार ११:५०












