४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेपाल लाइफ इन्स्योरेन्स इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट सम्मानित

८ मंसिर, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट बिहीबार लाइफ इन्स्योरेन्स सम्मानित भएको हो ।

चौथो आईसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड- २०२३ समारोहमा उक्त कम्पनी Outstanding Performance in the Life Insurance Industry of Nepal बाट सम्मानित गरिएको छ ।

दाबी भुक्तानीको अनुपात, चुक्तापूँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा उक्त अन्तराष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण रमण पराजुलीले ग्रहण गरेका छन् । कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएको अवसरमा सफलताको श्रेय सञ्चालक समितिलगायत सरोकारवाला सबै निकायलाई जाने भन्दै धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ११:५३