९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको छः प्रधानमन्त्री

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजिएको बताएका छन् । सिंहदरबारमा मंगलबार सरकार र निजी क्षेत्रबीचको छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

त्यस्तै,  प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको पनि बताएका छन् । ‘अर्थतन्त्रका कयौँ सूचक सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त छैन,’ उनले भने, ‘हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ।’ साथै, उनले अर्थतन्त्रका समस्या समाधानका लागि सबै मिलेर जानुपर्ने बताए।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १६:२४