बाबुरामको प्रश्नः अपराधि पत्ता लगाउन नसक्ने कुन नाकले कुर्सीमा बसिरहन सकेका होलान् ?
२५ कात्तिक, काठमाडाैँ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टरार्इले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा धर्ना बसेको समाचार पढेपछि अाक्रोशपूर्ण टिप्पणी गरेका छन । उनले न्यायको माग गर्दै निर्मलाका बाबुआमा धर्नामा बस्न बाध्य हुनु दुई तिहाइको बहुमत सरकारको लाचारीपन भएको टिप्पणी गरेका छन । पू्र्व प्रधानमन्त्री समेत रहेका भट्टरार्इले प्रमाण नष्ट गर्नेलाई केरकार गरेर अपराधि पत्ता लगाउन नसक्ने हिजोका क्रान्तिकारी पतनको बाटोमा हिँडेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको अालोचना समेत गरेका छन ।
ट्वीटरमा डा भट्टरार्इ गरेको टिप्पणीमा भनिएको छ, ‘निर्मला पन्तका शोकसन्तप्त बाबुआमा यसरी धर्नामा बस्न बाध्य हुनु २/३ बहुमतको सरकार डाडुभरी पानीमा डुबेर मर्नु बराबर हैन र ?’, बाबुरामले लेखेका छन्, ‘प्रमाण नष्ट गर्नेलाई केरकार गरेर अपराधि पत्ता लगाउन नसक्ने कुन नाकले कुर्सीमा बसिरहन सकेका होलान् ? धन्य यी हिजोका क्रान्तिकारीहरूको पतन।’
सरकारले हत्यारा पत्ता लगाउन भन्दा पनि लुकाउनमा बल गरेको भन्दै निर्मलाका बाबुआमाले अाइतबारबाट प्रशासनको गेटमा धर्ना सुरू गरका छन ।
निर्मला पन्तका शोकसन्तप्त बाबुआमा यसरी धर्नामा बस्न बाध्य हुनु २/३ बहुमतको सरकार डाडुभरी पानीमा डुबेर मर्नु बराबर हैन र?प्रमाण नष्ट गर्नेहरूलाई केरकार गरेर अपराधी पत्ता लगाउन नसक्नेहरू कुन नाकले कुर्सीमा बसिरहन सकेका होलान्?धन्य यी हिजोका क्रान्तिकारीहरूको पतन!#JusticeForNirmala https://t.co/TAHDZvMF5c
— Baburam Bhattarai (@brb1954) November 11, 2018
प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार २२:४०