९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपाय खोज्न आज बैठक बोलाएका छन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरू सहभागि हुनेछन् । योसँगै प्रधानमन्त्रीले निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग पनि छलफल गर्ने बताइएको छ ।

केहि दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले मंसिर ४ गते अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको बताएका थिए । उनले अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनुका साथै बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १२:२८