१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

नाफासँगै फरवार्ड माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक

३ मंसिर, काठमाडाैं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकाे थियाे । याे अवधिमा संस्थाले  १० करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.७० प्रतिशत बढेको छ।

याे अवधिमा कम्पनीकाे खराब कर्जा २.६ प्रतिशतबाट बढेर ६.२५ प्रतिशत पुगेसँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत ३० करोड ४९ लाख रुपैयाँ छुट्याएको छ। १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। याे अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ६८ पैसा रहेको छ।

प्रकाशित मिति : November 19, 2023 at 1:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/