अधिकांश विकास बैंकले घटाए ब्याजदर, कुनको कति ?
१ मंसिर, काठमाडाैं । अधिकांश विकास बैंकले ब्याजदर घटाएका छन् । बैंकहरूले कात्तिकको तुलनामा मंसिर महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ब्याजदर घटाएका हुन् ।
गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योती विकास बैंकले ब्याजदर घटाएका हुन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजद अनुसार यी पाँच बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९.४० प्रतिशत ब्याजदर रहेको छ । कात्तिकमा औषतमा १०.२५ प्रतिशत रहेको ब्याजदर मंसिरमा घटेर औषत ब्याजदर ९.७४ प्रतिशतमा पुगेकाे छ । यी पाँच वटै बैंकले कात्तिकको तुलनामा मंसिरमा ०.८५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिक महिनाको तुलनामा मंसिरमा मुद्दति निक्षेपको ब्याजदर ०.३५ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएका छन् ।
प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १०:२८