४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल इन्स्योरेन्सको नाफा १३५.६२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

२६ कात्तिक, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार यसअवधिमा खुद नाफा १३५.६२ प्रतिशतले बढेर १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यहि अवधिमा इन्स्योरेन्सले ६ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी भएकाले खुद नाफा बढेको हो ।कर्जा तथा लगानीबाट १९ करोड ७१ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ ।

अघिल्लो वर्षको याेही अवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले ७ करोड ७३ लाख ५२ हजार रुपैयाँ कमाएको छ । खुद बिमा शुल्क आर्जन पनि १५.८७ प्रतिशतले बढेर १३ करोड ६७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसाले बढेर ३९ रुपैयाँ १२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा छ ।

प्रकाशित मिति : November 12, 2023 at 12:47 pm