४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

२२ कात्तिक, काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।

कम्पनीले १० औं वार्षिकोत्सवको निर्धारित औपचारिक कार्यक्रम भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण स्थगित गरेको छ ।

वार्षिकोत्सवको अवसरमा भने कम्पनीले हालै रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : November 8, 2023 at 10:44 am