२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

टी-२० विश्वकप एसिया छनोटः सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

१९ कात्तिक, काठमाडौं । टी -२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १८५ रनको लक्ष्य पच्छाएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १८४ रनमात्रै बनायो । त्यस​पछि खेल सुपर ओभरमा गएको थियो ।

प्रकाशित मिति : November 5, 2023 at 2:42 pm