८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाल र ओमानबीचको खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

१९ कात्तिक, काठमाडाैं । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमानविचको खेल स्कोर बराबरी भएपछि सुपर ओभरमा पुगेको छ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

अन्तिम ओभरमा सन्दीपले आयान खान, सकिल अहमिदलाई आउट गरे। अन्तिम बलमा अफज बटलाई रन आउट गराउँदै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए।

अब नेपाल र ओमान दुवैले समान १ ओभर खेल्नेछन्। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झसा र सोमपाल कामीले समान १ विकेट लिए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १४:२३