एमालेले बोलायो संसदीय दलको बैठक
१६ कात्तिक, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बिहीबार ४ः २० बजे बस्नेगरी बैठक बोलाइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्नेछ ।
बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुँदैछ । एमालेले संसदको अधिवेशन सुरु र अन्त्य हुँदा दलको बैठक नियमित बोलाउने गर्दछ ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १७:११