३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१६ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज कात्तिक १६ गते बिहीबारबाट सेयर बिक्रीमा राखेको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

 बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्नेछ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागिकात्तिक २० गतेसम्म  खरिद आवेदन पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : November 2, 2023 at 9:22 am