८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरूआत गरेको हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पार गरेको छ । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए ।

त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए । उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् ।

त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १२:२१