१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

१२ कात्तिक, काठमाडौं ।नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ।केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यी दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै लघुवित्तको गत वैशाख १० गते आयोजित विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ। मर्जरपश्चात बन्ने संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।

प्रकाशित मिति : October 29, 2023 at 4:47 pm