१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

छुट्ला है ! २७० रुपैयाँमा नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन

१२ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा खरिद आवेदन दिने आज कात्तिक १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक ३ गतेबाट संस्थापक समूहको ५ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । सोही सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद लगानीकर्ताले  न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी खरिद आवेदन पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : October 29, 2023 at 9:50 am