५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बुद्ध एयरले भित्र्यायो एटिआर–७२ को अर्को पुरानो जाहाज, एक महिनाभित्र उडान थाल्ने

१२ कार्तिक, काठमाडाैँ । नेपालको अान्तरिक उडानमा बहुमत हिस्सा अोगेटेको बुद्ध एयरले एटिआर–७२-५००को अर्को एक पुरानो जाहाज भित्र्याएको छ । बुद्धले शुक्रबार भित्र्याएको अर्को विमानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नाइनएन- एओसी कलसाइन दिएको कम्पनीले जनाएको छ ।

एक महिनाभित्रै थपिएको जहाजले सेवा सुरू गर्ने बुद्ध एयरले जनाएको छ । थपिएको जहाजसँगै बुद्भसँग विमानको संख्या १७ पुगेको कम्पनीले जनाएको छ । बुद्भसँग एटिआर–७२-५००को १४ जाहाज र एटिआर–४२–३२०को जहाज तीन वटा रहेका छन । बुद्धले फ्रान्सको एटीआर कम्पनीमा निर्मित जहाज भित्र्याउने गरेको छ ।

एटीआरले ७२-५००को उत्पादन बन्द गरेर ७२-६०० को उत्पादन गरिरहेको छ । एटीआर ७२-६०० जाहाज दक्षिण एसियाका भारत, भुटान लगायतका देशले यसअघि नै उडाइसकेका छन ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ०६:५९