नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
३ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज कात्तिक ३ गतेबाट सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ५ लाख कित्ता सेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी खरिद आवेदन पेस गर्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। लगानीकर्ताले बिक्रीमा राखिएको सेयर खरिदका लागि कात्तिक १२ गतेसम्म आवेदन दिने सक्नेछन् ।
इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।
प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १२:५६