१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आरएसडिसी लघुवित्तको नाफा सामान्य बढ्यो, ईपीएस भने घट्यो

३ कात्तिक, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुनलामा ६.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६.४४ प्रतिशतले बढेर ५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको वितरणयोग्य नाफा १० करोड १३ लाख ६१ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.९६ प्रतिशतले घटेर ६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७ करोड ६५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ६।६७ प्रतिशतले घटेर ९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको वार्षिककृत प्रतिसेयर आम्दानी (ईपीएस) २४ पैसा घटेर १८ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा रहेको छ।

प्रकाशित मिति : October 20, 2023 at 11:09 am