९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थमन्त्रीले दसैँ अघि नै ठेकेदारलाई पनि खुशी दिए, ६ अर्ब भुक्तानी दिने निर्णय

२ कार्तिक, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले लामो समयदेखि काम गरेर पनि भुक्तानी नपाएका निर्माण व्यवसायी (ठेकेदार)लाई खुशी बाँडेका छन । उनले सम्बन्धित मन्त्रालयहरूमा ठेकेदारहरूले काम गरे बापत पाउनुपर्ने रकम दसैँ अघि नै भुक्तानी गर्न पत्राचार गरेका छन ।

मन्त्री महतको निर्णयसँगै अर्थ मन्त्रालयले भाैतिक पूर्वाधार तगा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालयमा पत्राचार गरेर भुक्तानी दिन निर्देशन दिएको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत बुद्धिप्रसाद पन्तले हस्ताक्षर गरेको पत्रमा महालेखा नियन्त्रकको कार्यालयलाई बोधार्थ दिइएको छ ।

अर्थमन्त्री महतको स्वकीय सचिव उत्तम पाठकले गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको जानकारी दिए । उनले निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित मन्त्रालयमा परिपत्र गरिसकेको बताए । उनले भुक्तानी हुने रकम दसैँअघि नै व्यवसायीको खातामा जाने गरी व्यवस्था मिलाइएको बताए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १७:४१