साविक रिलायन्स लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर, कुन योजनामा कति ?
२ कात्तिक, काठमाडौं । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । साविक सानिमा लाइफ इन्स्योरेन्ससँग मर्ज भएको रिलायन्स लाइफले आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर सार्वजनिक गरेको हो ।
साविक रिलायन्स लाइफका बीमा योजनाहरुमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । मुद्दति सुरक्षण बीमा योजना९ नियमित शुल्क० योजनामा कम्पनीले ९ वर्ष अवधिको योजनामा प्रतिहजार २४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, १० देखि १४ वर्ष अवधिको बीमा योजना प्रतिहजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले २४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा धेरै अवधिको योजनामा खरिदकर्ताले प्रतिहजार २४ रुपैयाँ पाउछन् ।
साथै मुद्दती सुरक्षण बीमा योजना (एकल शुल्क) मा ९ वर्ष अवधिको यस योजना खरिद गरेका बीमितले प्रतिहजार ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार ५४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना ५४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ५४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा धेरै अवधिको योजना खरिदकर्ताले भने प्रतिहजार ५४ रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, कम्पनीले रुपान्तरित वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् ।
१० देखि १४ वर्ष अवधिको बीमा योजना बिमितले ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजनामा ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजनामा ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
साथै सामुहिक सावधिक योजनामा ९ वर्ष अवधिको यस बीमा योजनामा बीमितले प्रतिहजार १९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमा योजनामा प्रतिहजार १९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजनामा १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजनामा १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।
त्यस्तै, सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिको बीमा योजनाका बीमितले प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमा योजनामा, प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजनामा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजनामा बिमितले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।
साथै, सावधिक बिमा योजना अन्तर्गत ९ वर्ष अवधिको बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ,१० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै, कम्पनीले सीमित भुक्तानी सावधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिवर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १४:२२