मिर्मिरे लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
३० असोज, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ। लघुवित्तले गत असोज २५ गतेबाट सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो।
सीडीएससीका अनुसार सोमबार साँझ ५ बजेसम्म लघुवित्तको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रुपैयाँबराबरको १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ११२.१३ गुणा बढी रहेको छ।
संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख २३ हजार ८१६।४५ कित्ता सेयर निष्कासन गरेको छ । यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
प्रकाशित मिति : October 17, 2023 at 10:21 am









