९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

किन्ने होइन त ? १०० रुपैयाँमै १ लाख ४२ हजार कित्ता सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स

२८ असोज, काठमाडौं । मल्टीपर्पस फाइनान्सले भोलि असोज २९ गतेबाट १ लाख ४२ हजार बढी कित्ता सेयर बिक्री राख्ने भएको छ । कम्पनीले अवितरित संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता गरी कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिने उक्त सेयरमा लगानीकर्ताले कात्तिक १३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताहरूले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा ९पोखरा०, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : October 15, 2023 at 10:34 am