४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

छुट्ला है ! नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन

२६ असोज, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा खरिद आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज १८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ५ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। सेयरको खरिद आवेदन दिँदा लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस  गर्न सक्नेछन् ।

प्रकाशित मिति : October 13, 2023 at 9:24 am