१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर हुनुपर्नेः सांसद बर्तौला

१८ असोज, काठमाडौँ । सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराए ।

“कान्ति बाल अस्पतालकाे घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन”, उनले भने । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १७:०३