८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जीवन बीमा कम्पनीले आर्जन गरे २९ अर्ब बिमा शुल्कः पहिलोमा नेपाल लाइफ, अन्य कुनको कति ?

१७ असाेज, काठमाडाैं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा  २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

दुई महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने पहिलाेमा नेपाल लाइफ रहेकाे छ । याे अवधिमा कम्पनीले  ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेकाे छ ।

त्यस्तै दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेकाे छ । याे अवधिमा कम्पनीले ३ अर्ब ५६ करोड  ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दुई महिनाकाे अवधिमा  एलआइसी नेपालले ३ अर्ब ६ करोड, हिमालयन लाइफले २ अर्ब ९५ करोड, नेशनल लाइफले २ अर्ब ९० करोड, सुर्यज्योति लाइफले १ अर्ब ५५ करोड, एशियन लाइफले १ अर्ब २२ करोड, सानिमा रिलायन्सले १ अर्ब १ करोड, सिटिजन लाइफले १ अर्ब १ करोड, मेट लाइफले ९२ करोड, प्रभु महालक्ष्मीले ८२ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ६७ करोड र सन नेपाल लाइफले ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:०८