१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

छुटाउनु भयो की ? सर्वसाधारणले नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन

१४ असाेज, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा खरिद आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे थियाे । उक्त सेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

लिलामीमा राखिएको सेयरमा विद्यमान सेयरधनीका साथै सर्वसाधारण, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसियाको काठमाडाैंकाे थापाथलीस्थित कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १०:०२